Techie IT
बिहीबार, फागुन १,२०८१

तारकेश्वर भित्र अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध


काठमाडौ । तारकेश्वरको छिमेकी बूढानीलकण्ठ र टोखा नगरपालिकाको केही स्थानमा कारोना संक्रमित एवं सिल समेत हुँदै गएपछि अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकाले अनुमतिविना अव निषेध गरेको हो ।

कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए ।

राहत वितरण र खाना खुवाउने कार्य अबउप्रान्त नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने बताइएको छ ।

यस्तै खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545