मौसममा सुधार आउन अझै दुई साता लाग्ने

पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ । प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । “अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने छ”, उहाँले भन्नुभयो ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । उहाँका अनुसार दिनहुँ वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको हो ।
आज काठमाडौँ उपत्यको अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । हाल मुलुकको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमबार देशको पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मौसममा सुधार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्