Techie IT
बिहीबार, असार ५,२०८२

बजेट संशोधन गर्दै सरकार, ‘टेक एन्ड पे’ नीति हटाईने


काठमाडौं — आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ‘टेक एन्ड पे’ विद्युत खरिद नीति अन्ततः फिर्ता लिइने भएको छ।

ऊर्जा मन्त्री दीपक खड्काको कडा असहमति र निजी ऊर्जा उत्पादकहरूको तीव्र विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बजेट संशोधन गर्ने सहमति जुटेको हो। यसबारेमा बसेको राजनीतिक संयन्त्रको बैठकले पनि नीति संशोधन गर्नुपर्ने निर्णय लिएको छ।

बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा विद्युत उत्पादन र खपत सन्तुलन गर्न तथा रन अफ रिभर (Run-of-River) जलविद्युत आयोजना अनुरूप ‘टेक एन्ड पे’ आधारमा खरिद सम्झौता गरिने उल्लेख गरिएको थियो। साथै, आयोजनाको निर्माण तालिकासँग मिलाएर सबस्टेसन तथा प्रसारण लाइन बनाइने उल्लेख गरिएको थियो।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #टेक एण्ड पे, #बजेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545