विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्नुहुँदै उहाँले लक्ष्य अनुसारका काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताउनुभएको हो ।
“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ ।” मन्त्री पुनले भन्नुभयो, “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?” चौमासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउनुहुँदै उहाँले भन्नुभयोे, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानको लागि सामूहिकरुपमा छलफल गरौँ ।” विभागका निर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागका गतिविधि माथि जानकारी दिनुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षमान पुन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्