बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, टोखा–सरस्वती क्षेत्र हुँदै गरी यी ठाउँमा बन्नेछ बाहिरी चक्रपथ

सरकारको योजनामा काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई छुने गरी चक्रपथ बनाउनेछ । चक्रपथ निर्माण खासगरी नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै निर्माण हुनेछ ।
त्यस्तै, भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डीपीआरमा उल्लेख छ ।
उपत्यका विकास प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीका अनुसार बाहिरी चक्रपथको काम लगानी बोर्डले लगानी जुटाउनका लागि मात्र लिएको बताए । लगानी आएपछि सो काम विकास प्राधिकरणले आफै हेर्ने समेत उनले जानकारी दिए ।
त्यसैगरि, ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दसघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्य्विनायक, वाग्मतीपुल (चोभार क्षेत्र), पुरानो हिमाल सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
कुल ७१.९३ किलोमिटर लम्बाई रहेको बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २ सय ५० मिटर जग्गा (ल्यान्ड पुलिङ)मार्फत लिन सकिने सरकारी योजना रहेको छ ।
सो सडक ५० मिटर चौडाईको बनाइने छ । चत्रपथ निर्माणका लगिा लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, ग्रिन बेल्ट, फुटपाथ तथा अपाङ्ग मैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।
विगतमा सो सडक निर्माण सरकारको प्राथमिकतामा नपर्दा यो योजनापछि परेको उनीको भनाई छ । ‘त्यस बेला बाहिरी चक्रपथ निर्माण सरकारको उच्च प्राथमिकतामा परेन । हामीले मन्त्रालयमा नेपाल सरकारले लगानी गर्नेगरी प्रस्ताव गरेका थियौं तर, सरकारले आफैं लगानी गर्न नसक्ने भएपछि लगानी प्रस्ताव भएको हो’ उनले भने ।
बाहिरी चक्रपथको लागि सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गरे पनि उक्त चत्रपथ निर्माण स्थलमा पर्ने घरको मुआब्जा चाँहि नेपाल सरकारले दिनेछ । उक्त चक्रपथ ल्याण्डपुलिङमार्फत बन्ने भएकोले जग्गाको मुआब्जा दिन नपर्ने र निमार्ण गर्दा भत्किन आएका घरको मात्र मुआब्जा दिने भण्डारीले बताए । हालसम्म चक्रपथको लागि कुनै पनि जग्गा अधिग्रहण नभएको उनले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बाहिरी चक्रपथ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्