नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए । देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल प्रथमस्थान हासिल गर्न सफल हुनुभएको थियो ।
राना र तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गर्नुभएको थियो । प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । फ्रिस्टाइलमा रञ्जन कँडेल प्रथम, सुमन तामाङ द्वितीय र मोहन राना तृतीय हुनुभएको थियो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृृद्धि गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ देशविदेशबाट समेत रिभरगाइड तालीम लिन आउने गरेको भन्दै ¥याफ्टिङ र यससम्बन्धी खेललाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले भ्रमण वर्षको अवसरमा गाउँपालिकाले शुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवद्र्धक इच्छाकामना गाउँपालिका रहेको थियो । इच्छाकामना–३ फिस्लिङस्थित त्रिशूली नदी ¥याफ्टिङ र यससम्बन्धी प्रतियोगिताका लागि महत्वपूर्ण मानिन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #त्रिशूली नदीमा कायक च्याम्पियनसीप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्