चर्चामा बर्दिवासको सस्तो दसैं बजार
बर्दिवासमा महङ्गी बढेसँगै बर्दिवास लगायत वरपरका मानिसहरू सस्तो बजार खोज्दै सर्लाही, धनुषा, सम्सी पुग्ने गरेका छन् ।
बर्दिवास नगरवासी धेरै जनाको गुनासो बाक्लिन थालेपछी बर्दिवास उधोग बाणिज्य संघले यसपाली भने सस्तो दसैं बजारको आयोजना गरेको छ ।
झन्डै ७८ हजार जनसंख्या रहेको बर्दिवासमा दैनिक उपभोग्य सामानहरुको सर्वसुलभता खोज्दै भारतिय बजार सितामाढी, मधुवनी पुगीरहेका उपभोक्ताहरुलाई दसैं सस्तो बजारले उत्साहित बनाएको छ ।
‘सामाजिक संजाल र मिडियावाट भएको प्रचारप्रसार हेर्दा बर्दिवासमा साच्चै गुणस्तरयुक्त सस्तो सामानहरू पाईन्छ जस्तो छ ।’ बर्दिवास -३ कि सविता भन्डारीले भनिन् । ‘अघिल्ला बर्षको जस्तो सामान खरिद गर्न भारतिय बजार जान नपरोस् ।’
उपभोक्ताहरुलाई अन्य समयमा भन्दा चाडपर्व विशेषत: दसैं, तिहारमा धेरै उपभोग्य सामानहरु किन्नुपर्ने भएका कारण अघिल्ला वर्ष जस्तो स्थानिय बजार वेवास्तामा नपर्ने उधोग बाणिज्य संघले विश्वास लिइएको छ ।
संघले स्टलहरू बनाएर बजारलाई निश्चित ठाउँमा निर्धारण गरेको छ भने स्टल वाहिर नियमित व्यवसाय चलाईरहेकाहरुलाई विशेष छुटको घोषणा गर्न अनुरोध गरिरहेको छ ।
जसले गर्दा व्युटिपार्लर देखि गाडी मेकानिकहरुले भारी छुटको घोषणा गरिसकेका छन् । त्यस्तै लत्ताकपडा, खाद्यान्न जस्ता सामानहरुमा समेत होलसेल तथा छुट प्रदान गरेर बर्दिवासलाई नै विशेष बनाउने तयारी समेत थालिएको छ ।
🔵 के दसैँ सस्तो बजारले उपभोक्ताहरुलाई आकर्षण गर्न सक्ला ?
हरेक दसैँ होस या चाडपर्वमा बर्दिवासका बिशाल बस्नेतले यहाँबाट २५ किलोमीटर दुरीमा रहेको छिमेकी जिल्ला सर्लाहीको लालबन्दीमा गएर लत्ताकपडा किनेको धेरै भयो ।
बर्दिवासमा उही गुणस्तरको कपडा महँगो पर्ने र लालबन्दीमा निक्कै कम मूल्यमा पाईने भएकाले छिमेकी बजार नै गएर दैनिक उपभोग्य वस्तु देखि लत्ताकपडा खरिद गरेको उनलाई लामो सम्झना छ ।
‘यहाँ ७ सय पर्ने सामान त्यहाँ ४ सयमा नै पाईन्छ । यसले गर्दा म मात्र हैन बर्दिवास लगायत वरपरका मानिसहरु सस्तो बजार खोज्दै सर्लाही, धनुषा, सम्सी पुग्ने गरेका छन् ।’ बस्नेतले भने । उही गुणस्तरको सामान बर्दिवासमा किन महंगो पर्छ ? भन्ने सोचिरहन्थेँ।
उनी त नजिकमा रहेको आफ्नै बजारबाट असन्तुष्टि भएको एउटा उदाहरण मात्र हो बस्नेतको जस्तै धेरै जनाको गुनासो बाक्लिन थालेपछी बर्दिवास उधोग बाणिज्य संघले यसपाली भने सस्तो दसैँ बजारको आयोजना गरेको छ ।
🔵 खसी बजारले उपभोक्ताहरु उत्साहित
खयरमारा तथा चुरे पहाडमा चरिचरणमा रहेका किसानका खसीहरुलाई दसैँ सस्तो बजारमा समावेश गरिएको छ ।
महोत्तरी मै पहिलोपटक लगाईएको सस्तो बजारमा उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुन देखि नुनसम्म उपलब्ध गराउने बर्दिवास उधोग बाणिज्य संघले जनाएको छ ।
उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम श्रेष्ठले ‘बर्दिवास बजारमा पाईने सामानहरुमा कालोबजारी तथा महंगो मुल्यमा बेच्ने गरेको आरोप लागिरहेको बेला यो सस्तो बजारले नयाँपन स्थापित गर्ने बताए ।’
दसैँको समयमा महंगो मुल्यमा पाईने खसीहरुको कारण समस्या भोगीरहेका उपभोक्ताहरुले सस्तो बजारमा सुपथ मुल्यमा पाईने भएकाले यो बजार विशेष बनेको संघका महासचिव उत्तम श्रेष्ठले दावी गरे ।
मामाघर, माईत तथा आफन्तहरुकोमा जाने महिलाहरुलाई लक्षित गरी व्युटीपार्लर व्यवसायीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । मेकअप लगायत सम्पूर्ण कार्यहरुमा २५ देखि ५० प्रतिशत छुटको घोषणा गरिसकेको व्यवसायीहरुले बताए ।
‘दसैं सस्तो बजारले उपभोक्ता र व्यवसायी दुबैलाई फाइदा पुग्ने भएकोले यो उत्सबमा बर्दिवास वासी नै खुसी हुनुपर्ने ‘पञ्चामृत’ कार्यक्रम मार्फत संघका अध्यक्ष विष्णु खड्काले बताए । यो अफर संघले निर्धारण गरेको दसैँ सस्तो बजार १६ गतेदेखि २५ गतेसम्म रहने छ उनले भने ।
यो अवधीमा फेसियलमा ५० प्रतिशत, हेयर स्ट्रेटमा ३० प्रतिशत र अन्य सामानमा ५ देखि १० प्रतिशत छुट गरिने न्यु कुसुम ब्युटी कलेक्सनकी संचालक कुसुम लामाले बताईन् ।
– शिरीष न्युजबाट साभार (केही परिवर्तन)
सस्तो बजारसम्बन्धी बिस्तृत जानकारीको लागि तलको लिङ्क खोली हेर्नुहोला ।
क्याटेगोरी : ब्रेकिंग न्युज, स्थानीय
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्