मन्त्रीमण्डल पुनर्गठनको तयारीमा ओली ,पाँच मन्त्री बाहेक सबै नयाँ

काठमाडौं, १२ साउन । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको छ ।
सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ ।
सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ । साथै उहाँले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गर्नुभएको छ ।
उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ । गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको स्रोतको दावी छ ।
प्रधानमन्त्री मन्त्री मात्र होइन सचिवालयका विवादित सदस्यलाई हटाएर नयाँ पात्र ल्याउने कसरतमा लाग्नुभएको छ, स्रोतले भन्यो, ‘दुई तिहाईको सरकारले परिणाम दिने गरी काम गर्ने मन्त्री ल्याउन प्रधानमन्त्री कटिवद्ध हुनुहुन्छ ।’
भीम रावल, योगेश भट्टराई, महेश वस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल नयाँ मन्त्री हुनेहरुको पहिलो सूचिमा रहनुभएको छ । विगतमा गुटगत रुपमा मात्र मन्त्री बनाएको आलोचना खेप्नुभएका प्रधानमन्त्री ओलीले यसपटक सबै गुटबाट प्रतिनिधित्व हुने र काम गर्नसक्ने पात्र समावेश गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रीमण्डल पुनर्गठन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्