यि हुन बाढी र पहिरोका कारण देशभरका भएका सडक अवरुद्ध

साउन ९ काठमाडौँ । वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् । डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन् ।
निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ । बिहीबारसम्म चापागाउँबाट टीकाभैरव उता सवारी साधन चल्न नसकेको महानगरीय प्रहरीवृत्त चापागाउँका प्रमुख (प्रहरी नायब उपरीक्षक) रामकृष्ण सापकोटाले बताउनुभयो । आज बिहान धेरै ठाउँमा गएको पहिरो हटाइएको उनले बताए ।
पहिलेको वर्षाका कारण अवरुद्ध सडक गत साता धेरै ठाउँमा खुलाइएको थियो । यो साताको वर्षाले सडक थप अवरुद्ध भएको उनले बताए । वर्षा पूरै नरोकिँदासम्म पहिरो पूरै खुलाउन गाह्रो रहेको उनले बताए । उनले भने, “कतै खुलाउँदै गर्दा अर्कातिर पहिरो गएर सडक अवरुद्ध भइरहेको छ ।”

ललितपुरको गोदावरीदेखि फूलचोकीसम्मको सडक माथिबाट आएको पहिरोका कारण गत असार २८ देखि अवरुद्ध छ । हाल सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ । सातदोबाटो–धापाखेल सडक गत ३० असारमा भासिएको थियो । दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेन अवरुद्ध छ । छम्पी–टीकाभैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध छ ।
लहानको ५४ किमी लम्बाइको मिरचैया कटारी घुर्मी सडक दुई साता पहिले नै पहिरोले बगाएको थियो । हाल सो सडक अवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । सो सडकको नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ । उनले भने, “अहिले अवरुद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ ।”
त्यस्तै रुकुमको भेरी करिडोरको पिपे भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँको सडक अवरुद्ध रहेको छ । पानी रोकिएमा दुइदेखि तीन घण्टामा सडक खोलिने विभागले जनाएको छ । सुर्खेत जिल्लाको तल्लो ढुङ्गेश्वर सिपाकोट चेनेजमा आठ किमी सडक पहिरोकै कारण हाल सो सडक अवरुद्ध छ । सडकको ५० मिटर क्षेत्रमा मात्रै वारपार गर्न सक्ने अवस्था छ । पूर्णरुपले सडक खुल्न दुई दिन लाग्ने सडक विभागले जनाएको छ ।
पुष्पलाल राजमार्गअन्तर्गत रुकुमपूर्वको जिल्लाको रुकुमकोटमा गएको पहिरोका कारण त्यहाँको सडक अवरुद्ध छ । त्यस्तै रेलीखोला पुलको डाइभर्सनमा क्षति पुगेको विभागले जनाएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पहिरो आएसँगै खुलाउने काम भइरहेको बताउनुभयो । सङ्घीय सरकारको अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गमा विभागले सडक खुलाउने काम गरिरहेको छ । निर्माणाधीन राजमार्गमा पहिरोको बढी समस्या रहेको छ । कान्ति लोकपथ निर्माणाधीन रहेकाले धेरै ठाउँमा पहिरो गएकाले तत्काल खुलाउन नसकिएको उनले बताए । त्यस्तै, कटरी घुर्मी खण्डमा सडक खुलाउन समस्या रहेको छ । उनले भने, “अन्यत्र भने पहिरो गइरहे पनि खुलाउने काम भइरहेको छ ।”
वर्षा शुरु हुनु पहिलेदेखि नै सडक अवरुद्ध हुनासाथ खुलाउन तयारी अवस्थामा रहेको विभागले जनाएको छ । विभागले वर्षा शुरु हुनु पहिले नै जोखियुक्त स्थान पहिचान गरेर तयारी थालेको प्रवक्ता सापकोटाले बताए । ठाउँठाउँमा प्रहरी चौकी, बस्ती, डिभिजन सडक कार्यालय लगायतका स्थानमा पहिरो खुलाउन आवश्यकमात्रामा सामग्रीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
अहिले सोही उपकरणको परिचालन गरेर पहिरो हटाइरहेको छ । उनले भने, “त्यस स्थानका लागि राखिएको सामग्री पर्याप्त नहुँदा भने अन्यत्रबाट थप सामग्री लगेर पनि सडक खुलाइरहेको छ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सरकारले सडक अवरुद्ध हुनासाथ तत्काल खुलाउने गरि व्यवस्था मिलाएको बताए । अधिकांश स्थानमा दुई घण्टाभित्रै सडक खुलाएर सञ्चालन गरिएको उनको भनाइ छ । उनले भने, “बाढी र पहिरोका कारण अवरुद्ध सडक कसरी चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने भन्ने मन्त्रालयमा छलफल पनि भइरहेको छ ।”
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सडक अवरुद्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्