कम्युनिष्टहरुका नेता एवं बन मन्त्रि शक्ति बस्नेतले मात्र चढ्छन ६ वटा सरकारी महंगा गाडी
काठमाडौ ।वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् ।
उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।
उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ ।
जनमानसमा सकारात्मक सन्देश दिन भन्दै बस्नेतले साउन देखि विद्युतीय गाडी चढेका छन । मन्त्रीसँग मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका ४ गाडी छन् । उनीसँग वन मन्त्रालयको बा २ झ २२०१ र गृह मन्त्रालयले उपलब्ध गराएको बा २ झ १०९० नम्बरको कार छ । उनले कोषबाट दुई गाडी लिएका छन् ।
सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन् । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रि शक्ति बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्