मन्त्रिपरिषद् पुनर्गठनको सोच छैनः प्रधानमन्त्री ओली

१२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुनै सोच नभएको बताएका छन ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने कथा नेपालको जनतासँग प्रधानमन्त्री नामको एउटा शोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनबारे आफूले तत्काल केही नसोचेको बताएका हुन । उनले भने ‘मन्त्रीमण्डल भनेको पुर्नगठन गर्दा हुन सक्ने चिज हो ।
तर, अहिले पुर्नगठनसम्वन्धि कुनै सोच मैले बनाएको छैन ।’ यता उनकै सचिवालयका कतिपय सदस्यले अब मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्दै तलाउमा ढुंगा हान्ने काम गरिरहेका छन । सबैभन्दा बढी त प्रचण्डले नै यो विषय उचालिरहेका छन ।
प्रधानमन्त्री निकटकै कतिपयले मन्त्रिपरिद् पुनर्गठनको तयारी भइरहेको भन्दै समाचार लेखाउने र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक पटक त्यही विषयमा प्रधानमन्त्रीसँग कुराकानी भैरहेको भन्दै राजनीति नै तरंगित बनाइरहेको समयमा प्रधानमन्त्री ओलीले तत्कालन त्यस्तो कुनै सम्भवना नरहेको बताएका हुन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रिपरिषद् पुनर्गठन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्