मन्त्रिपरिषद् पुनर्गठनको सोच छैनः प्रधानमन्त्री ओली
१२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुनै सोच नभएको बताएका छन ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने कथा नेपालको जनतासँग प्रधानमन्त्री नामको एउटा शोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनबारे आफूले तत्काल केही नसोचेको बताएका हुन । उनले भने ‘मन्त्रीमण्डल भनेको पुर्नगठन गर्दा हुन सक्ने चिज हो ।
तर, अहिले पुर्नगठनसम्वन्धि कुनै सोच मैले बनाएको छैन ।’ यता उनकै सचिवालयका कतिपय सदस्यले अब मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्दै तलाउमा ढुंगा हान्ने काम गरिरहेका छन । सबैभन्दा बढी त प्रचण्डले नै यो विषय उचालिरहेका छन ।
प्रधानमन्त्री निकटकै कतिपयले मन्त्रिपरिद् पुनर्गठनको तयारी भइरहेको भन्दै समाचार लेखाउने र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक पटक त्यही विषयमा प्रधानमन्त्रीसँग कुराकानी भैरहेको भन्दै राजनीति नै तरंगित बनाइरहेको समयमा प्रधानमन्त्री ओलीले तत्कालन त्यस्तो कुनै सम्भवना नरहेको बताएका हुन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रिपरिषद् पुनर्गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्