Techie IT
शुक्रबार, फागुन २,२०८१

नेकपा सचिवालय बैठक :सरकारको कार्यशैलीको समीक्षा गरेर मन्त्री फेरिन आवश्यक भएको निस्कर्ष


८ असार, काठमाडाैँ । नेकपा सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको समीक्षा गरेर मन्त्री फेरिन आवश्यक भएको निस्कर्ष निकालेका छन् । 

प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणबारेको जानकारीका क्रममा बढी समय लागेको हुनाले मूल विषयका बारे निर्णय हुन नसकेको सहभागी एक नेताले जनाएका छन् ।

नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा पनि  प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको जनाएका छन्।

सरकारको समीक्षा गरेर अब मन्त्रीहरु पनि हेरफेर गर्नुपर्ने नेता खनालको भनाइ थियो । यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच पनि सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षाअनुसार काम गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने सहमति भइसकेको छ । यद्यपि कुन मन्त्रीलाई हटाउने र कुन मन्त्रीलाई राख्ने भन्ने मापदण्डको भने तय भइनसकेको बताइएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545