नेकपा सचिवालय बैठक :सरकारको कार्यशैलीको समीक्षा गरेर मन्त्री फेरिन आवश्यक भएको निस्कर्ष
८ असार, काठमाडाैँ । नेकपा सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको समीक्षा गरेर मन्त्री फेरिन आवश्यक भएको निस्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणबारेको जानकारीका क्रममा बढी समय लागेको हुनाले मूल विषयका बारे निर्णय हुन नसकेको सहभागी एक नेताले जनाएका छन् ।
नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा पनि प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको जनाएका छन्।
सरकारको समीक्षा गरेर अब मन्त्रीहरु पनि हेरफेर गर्नुपर्ने नेता खनालको भनाइ थियो । यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच पनि सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षाअनुसार काम गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने सहमति भइसकेको छ । यद्यपि कुन मन्त्रीलाई हटाउने र कुन मन्त्रीलाई राख्ने भन्ने मापदण्डको भने तय भइनसकेको बताइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्