बंगलाको खाडीबाट आउने आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह
काठमाडौं । आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरिएको छ। भारतीय मौसम विभागले बंगलाको खाडीबाट आउने फेनी तूफानलाई लिएर यस्तो चेतावनी दिएको हो ।
यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको छ । फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व बढ्नेछ । मौसम विभाग चेन्नईका अधिकारी एस बालचन्द्रनका अनुसार आइतबार राति र सोमबार विहानसम्म चक्रवाती तूफान तेज हुने सम्भावना रहेको छ ।
यस्तो तूफान ३० अप्रिल र १ मे सम्म तामिलनाडु र दक्षिण आन्ध्र तट को छेउमा पुग्न सक्ने पनि उनले बतए । चक्रवाती तूफान मे १ पछि आफ्नो दिशा फेर्ने र उत्तर पूर्वमा बढ्ने भारतिय मिडियामा उल्लेख छ । चक्रवाती तूफान (फानि) बंगालका खाडि र छिमेकी दक्षिण–पूर्वी खाडी मा ५ः३० बजे सम्म केन्द्रित रहने , जुन त्रिकोमाली (श्रीलंका) बाट लगभग सात सय ४५ किलो मिटर पुर्वमा रहेको चेन्नई (तामिलनाडु) बाट एक हजार ५० किलोमिटर दक्षिण – पूर्व मा र तमिलनाडु दक्षिण–पूर्व मा मछलीपट्टनम (आन्ध्र प्रदेश) बाट एक हजार दुईसय ३० टाढा रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #आँधी तुफान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्