सरकारविरुद्ध साना कम्युनिस्ट पार्टीहरूको बन्यो मोर्चा

नेपाली कांग्रेसले जनजागर अभियानमार्फत सरकारलाई दवाव दिन खोजिरहेका बेला मोहन वैद्यले साना कम्युनिस्ट दलहरूसँग कार्यगत एकताको सहमति गरेका छन् ।
वैद्यले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्न मोर्चा बनाएका हुन् ।
वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका छन् ।
कार्यगत एकताको सहमति पत्रमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चा पनि सहभागी छ । गजुरेल नेतृत्वको यो समूह भने दल नभएर मोर्चा हो ।
गजुरेल, वैद्य नेतृत्वकै नेकपा (क्रान्तिकारी माओवादी)का नेता हुन् ।
विभिन्न मुद्दामा कार्यगत एकताको घोषणा गरेका ४ दलले सरकारको ध्यानाकर्षणका लागि भन्दै यही वैशाख २७ गते काठमाडौंको शान्तिबाटिकामा संयुक्त विरोधसभासमेत निर्णय गरेका छन् ।
उनीहरुले अंगीकृतका सन्तानलाई नागरिकता वितरण गर्ने सरकारको निर्णयको आलोचना गर्दै वितरण गरिएको नागरिकता रद्द गर्न माग गरेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कम्युनिस्ट पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्