भक्तपुरमा बिस्केट जात्राको अन्तिम दिन भक्तपुरमा ढुङ्गा हानाहान ,९ जना घाइते

भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।
घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही रहेका छन् ।
त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् ।
रथलाई सुकुलढोका पु-याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिए ।
साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पु¥याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।
स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पु¥याइएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भक्तपुरमा ढुङ्गा हानाहान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्