दरबन्दी टुङ्गो लगाउँदै महानगरपालिका
काठमाडौँ । ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ ।
पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् ।
सङ्घीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए । महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन् ।
महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ । उनले भने, ‘महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ ।’
उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन । सङ्घीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुङ्गो लाउने महानगरले बताउँदै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज






तपाईको कमेन्ट लेख्नुहोस्