Techie IT
आईतबार, चैत्र ९,२०८१

‘विप्लव’ नेतृत्वले आह्वान गरेको बन्द उपत्यकामा आंशिक मात्रै प्रभाव


काठमाडौं, ५ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा आंशिक मात्रै परेको छ ।

बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।

बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरि नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

राजधानी उपत्यका बाहिरका जिल्लाहरूमा भने बन्दको प्रभाव परेको छ । नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545