टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौ ।हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबीन्द्र अधिकारीको शवलाई टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
पोष्टमार्टममा समय लागेपछि अन्तिम श्रद्धाञ्जली कार्यक्रममा ढिलाई भएको हो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भोलि बिहान ८ बजेदेखि १० सम्म अन्तिम श्रद्धाञ्जलीका लागि अधिकारीको शवलाई टुँडिखेलमा राखिनेछ । अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका अरुको पनि शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भनिएको थियो ।
।
अधिकारी लगायत दुर्घटनामा निधन भएका अन्यको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको मात्रै शव चिनिने अवस्थामा छ । अन्यको शव पहिचान गर्ने काम भइरहेको चिकित्सकहरुले बताएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #श्रद्धाञ्जली सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्