निवर्तमान अख्तियार आयुक्त पाठकमाथि कारवाहीको बाटो खुल्यो

घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ता कार्यालयले राय दिएको छ ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई घुसकाण्डमा जोडिएपछि राजिनामा दिएका पाठकमाथि अनुसन्धान गर्न राय दिएको हो ।
सोमबार अख्तियारले मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र लेखेको थियो । आफ्नै संस्थामा केही समय अघिसम्म आयुक्त रहेका पाठकलाई अनुसन्धान गर्नुपर्ने स्थिति पैदा भएपछि अख्तियारले महान्यायाधिवक्ताको राय मागेको हो ।
अख्तियारले माग गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले राय पठाएको स्रोतले जानकारी दिएको छ । आयुक्तको पदबाट राजीनामा दिएका पाठकमाथि संविधान र भ्रष्टाचार निवारण ऐनका आधारमा छानबिन गर्नेे राय महान्यायाधीवक्ताको कार्यालयले दिएको हो ।
‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन’, रायमा भनिएको छ, ‘संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ ।’
त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।
अनुसन्धान गरि मुद्दा चल्न सक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएपछि अख्तियारले घुसकाण्डमाथि छानविन अघि बढाउन सक्ने देखिएको छ । अख्तियारले मुद्दा अघि वढाएर विशेष अदालतमा मुद्दा दायर गरेमा पाठकलाई ११ वर्षसम्म जेल र बिगो र सो बमोजिम जरिवाना हुने देखिन्छ ।
स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको सार्वजनिक भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राजनारायण पाठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्