क्यान इन्फोटेक मेलामा ग्लोवल क्याम्पियनले वितरण गर्यो पुरुषलाई कण्डम र महिलालाई सेनिटरी प्याड

भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ ।
कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
यसै बिच
श्रव्यदृष्यको माध्यमबाट समाजमा सकारात्मक सोच फैलाउने मूल उद्देश्य राखेर स्थापना भएको सामाजिक संस्था SCHOOL FOUNDATION द्वारा आयोजना गरिएको SIGNATURE MOVIE-THINK POSITIVE GLOBAL CAMPAIGN को पहिलो चरणको देशव्यापी कार्यक्रमको पूर्वसन्ध्यामा यहि माघ १५ गते देखि २० गतेसम्म काठमाण्डौंको भृकुटी मण्डपमा सञ्चालन भैरहेको संस्थाका आयोजक प्रकाश सुवेदीले बताए ।
नेपालीहरुमा रहेका गिरवि, अशिक्षा, पछौटेपन, वँसाईसराई,वेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच,हिन भावना,देखासिकी,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया पनि तिव्र रुपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा पनि शहरि र शहरोन्मुख क्षेत्रहरुमा वढी देखिन्छ।यो क्रमलाई केहि हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न ड्रग र एचआइभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कूल फाउण्डेशनले सोहि विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन,परामर्श र विभिन्न कार्यक्रमका साथ अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाउने भएको छ।
सभ्य सिर्जनाको प्रस्तुति,ओस्कार Oscar International College(College of Film Studies),सभ्य सिर्जना प्रा.लि र SCHOOL FOUNDATION अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र SCHOOL FOUNDATION का महासचिव हुन्।चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको जीवन्त अभिनय रहेको छ भने मुख्य सहायक निर्देशन तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत, सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ,ललित सुव्वाको निर्माण संयोजन र कृष्ण थापाको निर्माण व्यवस्थापन , जया शर्माको लोगो/स्केच जया शर्मा शुशिला जोशीको श्रृङ्गार रहेको छ ।
वास्तविक जीवन कथा वोकेको चलचित्र SIGNATURE मा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही वमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराव संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र आफ्नो जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।
नेपालकै पहिलो Movie Cum Campaign को रुपमा स्थापित यो महा अभियानमा विशिष्ट व्यक्तित्व,सञ्चारकर्मी,सरोका
नेपाल भित्र र नेपाल वाहिरका देशहरुमा गरिने योजना वनाइएको यस अभियान प्रत्यक्ष रुपमा विभिन्न चरणहरुमा २० लाख सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको हस्ताक्षर र प्रतिक्रिया संकलन गरेर संयुक्त राष्ट्र संघमा बुझाउने लक्ष्य आयोजकको रहेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #क्यान इन्फोटेक’ मेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्