तिहारका लागी ६० करोडको झिलिमली बत्ती, कुन कुन देशबाट आउँछ?

काठमाडौंः तिहारलाई फूल र लाइटको पर्वका रुपमा समेत लिइन्छ । फूलका साथै नेपालमा तिहारमा बाल्नका लागि झिलिमिली बिजुली बत्ती समेत आयात हुने गरेको छ । सहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री तिहार उच्च हुने गरेको छ ।
यो वर्ष तिहारका लागि ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ । तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार एक साता अघिदेखि सुरु भइसकेको हो । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ ।
यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।
९० प्रतिशत भिललिमिली बत्ती चीनबाटै
तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात हुन्छ भने केही अन्य देशबाट समेत हुन्छ । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले करिब २र३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।
झिलिमिली बत्ती प्रतिगोटा ५० सयदेखि १२र१५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने-निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #झिलिमली बत्ती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्