तिहारका लागी ६० करोडको झिलिमली बत्ती, कुन कुन देशबाट आउँछ?
काठमाडौंः तिहारलाई फूल र लाइटको पर्वका रुपमा समेत लिइन्छ । फूलका साथै नेपालमा तिहारमा बाल्नका लागि झिलिमिली बिजुली बत्ती समेत आयात हुने गरेको छ । सहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री तिहार उच्च हुने गरेको छ ।
यो वर्ष तिहारका लागि ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ । तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार एक साता अघिदेखि सुरु भइसकेको हो । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ ।
यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।
९० प्रतिशत भिललिमिली बत्ती चीनबाटै
तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात हुन्छ भने केही अन्य देशबाट समेत हुन्छ । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले करिब २र३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।
झिलिमिली बत्ती प्रतिगोटा ५० सयदेखि १२र१५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने-निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #झिलिमली बत्ती
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ८विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने






तपाईको कमेन्ट लेख्नुहोस्