प्रधानमन्त्री ओली पूर्ण स्वस्थ, आजै डिस्चार्ज
राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्णरूपमा सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः शुक्रबार बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको छ ।
उपचारमा संलग्न डा अरुण सायमिका अनुसार शुक्रबार बेलुकी वा शनिबार बिहानसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज सक्नेछन् । प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान भर्ना भइ उपचाररत छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान उपचारमा संलग्न चिकित्सकसँग बैठक बसेर डिस्चार्जबारे निर्णयमा पुग्ने जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली पूर्ण स्वस्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्