प्रधानमन्त्रीले टीका कार्तिक ६ गतेसम्म लगाइदीने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई बडादसैंको टीका लगाईदिएका छन् ।आफुले मान्यजनबाट टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।
निर्धारित समय भन्दा केहि पछि टिका लगाउने कार्य सुरु हुँदा प्रधानमन्त्री निवासमा टीकाको लागि जम्मा भएका पार्टीका कार्यकर्ता र सर्वसाधारणको भिड केहि बेर थामीनसक्नु भएको थियो । टीकाको कार्यक्रम लामो हुँदा लाइन एकछिन अव्यवस्थित हुनुको साथै घन्टौं पालो कुर्नपरेको देखिन्थ्यो ।कति त धैर्य गरेर पर्खेका थिए भने कति टीका नलगाइ फर्कीएका थिए ।
यसैबीच भिडभाडका कारण प्रधानमन्त्रीको हातबाट टीका लगाउन नपाएकाहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको सचिवालयले कार्तिक ३ गतेदेखि कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंको टिका ग्रहण गर्न सकिने जानकारी दिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्रीले टीका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्