Techie IT
शनिबार, जेठ २३,२०८३

नेकपा सचिवालय बैठक स्थगित


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए। उनका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ। बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्ना पछिल्ला विदेश भ्रमणबारे जानकारी गराएका थिए। बैठकमा प्रदेश नेतृत्व चयनबारे अध्यक्ष द्वयले ब्रिफिङ गरेका थिए।

नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आजको लागि सारिएको थियो।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्