टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताउनुभएको छ ।
टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “टोखा चण्डेश्वरी क्षेत्रमा सडक, खानेपानी, वन, मन्दिर, पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ भन्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “विकास निर्माण कुनै दल विशेषका आधारमा होइन, सबै मिलेर गर्नुपर्छ, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ, पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।”
प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाले सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहकार्यमा रु ९० लाखमा सो मन्दिर निर्माण हुने बताउनुभयो । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखा चण्डेश्वरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्