टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताउनुभएको छ ।
टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “टोखा चण्डेश्वरी क्षेत्रमा सडक, खानेपानी, वन, मन्दिर, पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ भन्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “विकास निर्माण कुनै दल विशेषका आधारमा होइन, सबै मिलेर गर्नुपर्छ, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ, पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।”
प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाले सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहकार्यमा रु ९० लाखमा सो मन्दिर निर्माण हुने बताउनुभयो । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखा चण्डेश्वरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्