Techie IT
बुधबार, चैत्र ५,२०८१

बालाजुमा प्रहरी वृत्तबाट निस्किना साथ थापाको ‘अपहरण’


भदौ, काठमाडौं । ‘नवलपरासीका भगतबहादुर थापा बालाजुबाट अपहरणमा परेका छन ।

बालाजुको माछा पोखरीस्थित एक होटलमा उनलाई बन्धक बनाएर राखिएको थापालाई कल डिटेल लगायत अन्य बिधि प्रयोग गरि प्रहरीले देब समूहका एक ब्यब्ती प्रकाउ गरेको छ ।माछा पोखरी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा देव श्रेष्ठ र उनको समूह संग्लन भएको पाइएको छ ।

प्रहरीका अनुसार थापामार्फत एक व्यक्तिलाई रोजगारीका लागि टर्की जाने भन्दै पैसा बुझाइएको थियो । तर, त्यसरी टर्की पठाइएका व्यक्ति त्यहाँ अलपत्र परे ।

फर्किएपछि उनीहरुले प्रहरीमा उजुरी गरे । बालाजु वृत्तमा दुवै पक्षबीच छलफल गरायो । तर, त्यहाँबाट निस्किने वित्तिकै थापालाई नियन्त्रणमा लिएर बन्धक बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवि कोइराला भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु, #हरी वृत्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545