Techie IT
आईतबार, चैत्र ९,२०८१

कुहिएको मासु बिक्री गरेको नयाँ बजार मल्टि भेन्यूमा सिलबन्दी


नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’को भान्छा कोठामा सिल गरिएको छ । यो पार्टी प्यालेलसको तयार भएका खानेकुरा बासी, सडेगलेकोर गुणस्तरहीन रहेको पाइएको छ ।

खाना बनाउन प्रयोग हुने मरमसला, पिठो लगायतका खाद्य पदार्थ पनि गुणस्तरहीन पाइएको छ ।  खानेकुरामा कैफियत रहेको आशंका लागेपछि पाहुनाहरुले उपभोक्ताकर्मीले अनुगमन टोलीलाई बोेलाएका थिए ।

स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उक्त सहकारीले ५ सय जनाका लागि अर्डर गरेको खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।
सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारेका छन् ।

सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु समेत फोहोर भेटिएको, बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल नभएका र म्याद सकिएका भेटिएकोले सिल गरिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए ।

उनले भने उपभोक्ताहरुको स्वास्थ्य नै जोखिममा पार्ने गरी अखाद्य वस्तु एवं गुणस्तरहिन खाद्य पदार्थ खुवाउनेलाई प्रचलित कानूनमा व्यवस्था भए अनुसारको
कसूरमा कारवाही समेत गर्नु पर्ने वताए।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कुहिएको मासु, #नयाँ बजार मल्टि भेन्यू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545