कुहिएको मासु बिक्री गरेको नयाँ बजार मल्टि भेन्यूमा सिलबन्दी
नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’को भान्छा कोठामा सिल गरिएको छ । यो पार्टी प्यालेलसको तयार भएका खानेकुरा बासी, सडेगलेकोर गुणस्तरहीन रहेको पाइएको छ ।
खाना बनाउन प्रयोग हुने मरमसला, पिठो लगायतका खाद्य पदार्थ पनि गुणस्तरहीन पाइएको छ । खानेकुरामा कैफियत रहेको आशंका लागेपछि पाहुनाहरुले उपभोक्ताकर्मीले अनुगमन टोलीलाई बोेलाएका थिए ।
स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उक्त सहकारीले ५ सय जनाका लागि अर्डर गरेको खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।
सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारेका छन् ।

सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु समेत फोहोर भेटिएको, बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल नभएका र म्याद सकिएका भेटिएकोले सिल गरिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए ।
उनले भने उपभोक्ताहरुको स्वास्थ्य नै जोखिममा पार्ने गरी अखाद्य वस्तु एवं गुणस्तरहिन खाद्य पदार्थ खुवाउनेलाई प्रचलित कानूनमा व्यवस्था भए अनुसारको
कसूरमा कारवाही समेत गर्नु पर्ने वताए।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कुहिएको मासु, #नयाँ बजार मल्टि भेन्यू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्