महासमिति बैठकको तयारीमा काङ्गे्रस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । गत वैशाख १६ गते सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनाअनुसार पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।
सोही निर्णयअनुसार बिहीबार काङ्ग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकअघि आजै विधान संशोधन मस्यौदा समितिले पहिलो बैठक बसी विधान मस्यौदा तय गर्न लाग्ने समय र प्रक्रियाका बारेमा छलफल गरेको थियो ।
काङ्ग्रेसको विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक वर्षमा एक पटक हुने भनी उल्लेख छ । तर १३ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समिति आएको दुई वर्षभन्दा बढी समय वितिसक्दा एक पटक पनि महासमिति बैठक हुन सकेको छैन् । काङ्ग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो ।
आजको बैठकले महासमिति बैठकको तयारीका लागि महाधिवेशन तयारी, राजनीतिक प्रस्ताव तयारी, पार्टीको दृष्टिकोण तय गर्नेसम्बन्धी, आर्थिक प्रतिवेदन तयारीलगायत समिति गठन गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकले सम्भवतः पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिसमेत गठन गर्ने बताइएको छ । यसअघि गठन गरिएको कार्यसम्पादन समितिका सम्बन्धमा विवाद देखिएपछि केन्द्रीय समिति बैठकले विघट्न गरेको थियो । पार्टी विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाली काङ्ग्रेस महासमिति बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्