बालाजु प्रहरी द्धारा बिभिन्न होटलमा छापा , १३४ जना पक्राउ
काठमाडौ । महानगरिय प्रहरी बृत बालाजुको बिशेष स्वीच अपरेशनले आज बिभिन्न अपराधिक कृयाकलापमा संग्लङ्ग १३४ जनालाई प्रकाउ गरि नियन्त्रणमा लिएको छ ।
प्रहरीले आज गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको बिभिन्न होटलमा छापा हान्दा २३ जना महिलाहरु पक्राउ परेका प्रहरी बृत बालाजुले जनाएको छ ।
बिषेश गरि सो स्थानका होटलहरुमा यौन जन्य गतिबिधिहरुको बृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डि.एस.पि चिरिञ्जीवी कोइरालाले जानकारी दिए ।
उत होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरीक सुरागीका आधारमा केही जोडीहरु भाग्न सफल समेत भएका छन ।
प्रहरीले आज अनमोल रिसोट , निगालो होटल लगायतका ठाउँहरुमा छापा मारेको हो ।
बिभिन्न स्थाहरुबाट जुवाडे पक्राउ
प्रहरी बृत बालाजुको आजैको स्वीच अपरेशनबाट लाखौ लाख रुपैया बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पत्राउ गरिएको डि.एस.पि कोइरालाले बताए ।
तास संगै प्रहरीले बनस्थली , माछापोखरी , गंगा हल श्रेत्रबाट क्यारेमबोड , पोट , स्नुकरमा ठुलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिइ करिब १३४ जनालाई कारवाई प्रक्रीया अगाडी बढाएको बालाजु प्रहरी बृतले बताएको छ ।
आफु केही साता मात्र सरुवा भएर आएको र सो श्रेत्रमा अपराध नियन्त्रण गरि नागरीकको सुरक्षाका लागी कुनै पनि सम्झैता नगर्ने बृतका प्रमुख डिएसपी कोइरालाको भनाइ छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु प्रहरी, #होटलमा छापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्