जहाँ जहाँ ज्येष्ठ नागरिक त्यहीँ महानगर विशेष भत्ता
काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ ।
अस्पतालमा उपचार गराई राख्नुभएका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण ग¥यो ।
वडा नम्बर ७ कै सिफल पनेकु मार्गमा आफ्नो घरमा बस्दै आउनुभएका ८६ वर्षीय जुजुभाइ महर्जन र ७६ वर्षीया नानीमाया महर्जनलाई पनि घरमा नै पुगेर विशेष भत्ता प्रदान गरिएको छ ।
लामो समयको अन्तरालमा गत वर्ष स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । कामपाका ३२ वडामध्ये अहिले वडा नम्बर ७ र २६ वडाका ज्येष्ठ नागरिकलाई यस किसिमको सुविधा प्रदान गरिसकेको छ ।
वडा नं २६ मा ७५ वर्ष उमेर पूरा हुनुभएका महिलाको संख्या ११२ र ८० वर्ष उमेर पूरा हुनुभएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै, ४११ जना एकल महिला, ८५३ जना ज्येष्ठ नागरिक, १५ जना पूर्ण अपांगता भएका र २३ जना आंशिक अपांग हुनुहुन्छ ।
त्यसैगरी, वडा नं ७ मा सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या ११४०, एकल महिला ५०४, पूर्ण अपांग २४ र आंशिक अपांग १३ जना हुनुहुन्छ ।
भत्तासँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ, जसमा एकजना डाक्टरसहित चारजना रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइने छ भने ल्याबको सुविधा, निःशुल्क औषधिलगायतको सेवा हुनेछन् ।
७५ वर्ष उमेर पूरा भएका महिला, ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि जनही वार्षिक रु १२ हजार सहित फलफूल, पोषिलो खानेकुरासहित सम्मान प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिकको सम्मान र उहाँहरुले देखाएको बाटोमा हिँड्ने र महानगरलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्य बताउनुहुन्छ ।
प्रमुख शाक्यका अनुसार हाल महानगरमा करीब छ हजार ९२२ जना उक्त उमेर समूहका नागरिक रहेको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया कामपाले यसका लागि वडाका नागरिकलाई वडा कार्यालय तोके पनि तोकिएको स्थानमा आउन नसक्ने नागरिकलाई जहाँ जहाँ ज्येष्ठ नागरिक सोही स्थानमा गएर कामपाका प्रतिनिधिले उक्त सुविधा प्रदान गरिरहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्