राज्य कोषबाट भुक्तानी पाए घर फर्किने उखु किसानको भनाइ

सरकारले उखुु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उहाँहरुले वार्ता अस्वीकार गरेका हुन् ।
यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै उहाँहरुले बक्यौता भुक्तानी भए आफूहरु तत्काल घर फर्कने बताउनुभयो । उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आफूूहरु वार्ताको विरोधी नभएको र किसानले पाउनुपर्ने रकम भुक्तानी हुनेबित्तिकै घर फर्कन तयार बताउनुुभयो ।
“गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उद्योगीबाट तत्काल बक्यौता भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएको भए पनि पूरा भएन, यही अवस्थामा घर फर्किए किसानले पाउनुपर्ने रकम पाउँछन् भन्ने विश्वास छैन”, उहाँले भन्नुुभयो
। आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्य कोषबाट भुक्तानी गरिदिन आफूहरुले मौखिकरुपमा सरकारलाई आग्रह गरेको उहाँले बताउनुुभयो । “किसानले पाउनुपर्ने सम्पूर्ण रकम सरकारले राज्यकोषबाट भुक्तानी गरिदिए हामी घर फर्कन्छौँ”, उहाँले भन्नुुभयो, “किसानलाई भुक्तानी गर्नुपर्ने रकमको ब्याजसहित उद्योगीबाट सरकारले असुलउपर गरोस्, यो हाम्रो माग हो ।” सङ्घर्ष समितिले राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुलउपर गर्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
यता उद्योग मन्त्रालयले भने उखु किसानले उठाएका विषय सम्बोधन गर्न तयार रहेको भए पनि किसान छलफलका लागिसमेत तयार नदेखिएको जनाएको छ ।
मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले उखु किसानलाई समस्या समाधानका लागि छलफलमा पटकपटक बोलाइएको बताउनुुभयो । “हामीले वार्ताका लागि उहाँहरु (उखु किसान) लाई बोलाएका छौँ”, उहाँले भन्नुुभयो, “किसान छलफलका लागि आउनुुभएको छैन ।”
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #उखु किसान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्