वडावासीलाई उत्पादनसँग जोड्न च्याउ खेती
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ ।
वडा अध्यक्ष धनराम वली क्षेत्रीले घरमै बसेर च्याउ लगायतका कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर वडावासी किसानलाई सन्देश प्रवाह गर्ने उद्देश्यले च्याउ खेती सुरु गरिएको बताउनुभयो ।
पहिलो पटक किसानबाट उत्पादित च्याउ बिक्री सुरु गरिएको वडाध्यक्ष वलीले बताउनुभयो । प्रति किलो १२० रुपियाँको दरले च्याउ बिक्री भइरहेको उहाँको भनाइ छ । पाँच सयभन्दा बढि पोका भएकाले करिब २५ क्विन्टल च्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
वडाध्यक्ष वलीले भन्नुभयो, ‘‘वडाले उत्पादन गरेको च्याउ भएकाले बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिएको छ । च्याउ खेतीको निगरानी लगायतका प्राविधिक व्यवस्थापन कृषि शाखाले गरेको छ । बजेट व्यवस्थापन वडा कार्यालयबाट भएको छ ।’’
टनेलमा च्याउ खेती भएकाले सामान्य रेखदेखको काम वडाका जनप्रतिनिधि र कर्मचारीको टोलीले गरेको हो ।
वडाले गरेको च्याउ खेतीमार्फत आम वडावासीमा सकारात्मक सन्देश गई उत्पादनसँग आम वडावासीलाई जोड्न सहज हुन्छ भनेर वडाले च्याउ खेती गरेको वडाध्यक्ष वलीले बताउनुभयो ।
वडाले व्यवसायका लागि भन्दा पनि उत्पादनसँग वडावासीलाई जोड्न च्याउ खेती गरिएको जनाएको छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #वडावासीलाई उत्पादनसँग जोड्न च्याउ खेती
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्