विश्वकपको रौनक चलिरहँदा फिफाद्वारा नेपाली फुटबल निलम्बन
विश्वभर फिफा विश्वकप–२०२६ को रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चित कालिन प्रतिबन्ध लगाएको हो ।
फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ । नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक एक अर्बभन्दा बढि रकम अनुदान सहयोग पाउँदै आएको थियो ।
फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ ।
एन्फामा अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको चार वर्षे कार्यकाल यही असार ५ गते सकिएको थियो । तर, नेम्वाङ पक्षले यसअघि पाँच महिनाअघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो ।
एन्फा नेतृत्वले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतको समेत अवज्ञा गर्दै अर्ली इलेक्सनको तयारी गरेपछि गत चैतमा राखेपले पनि एन्फालाई तीन मिहना प्रतिबन्धका् कारबाही गरेको थियो ।
तर, राखेपले दुई महिनापछि तहगत निर्वाचन गर्नका लागि एन्फाको निलम्बन फुकुवा गरेको थियो । एन्फाले तहगत निर्वाचन गर्ने तयारी नगरेपछि एन्फा पुन: राखेपको तारो बनेको थियो ।
यहीबिच फिफाले एन्फालाई अनिश्चित कालीन निलम्बन गरेको हो । राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानविन गरिरहेको थियो ।
आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले समेत एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन गत जेठ २६ गते मेक्सिको जान लाग्दा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #विश्वकपको रौनक चलिरहँदा फिफाद्वारा नेपाली फुटबल निलम्बन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्