फरार कैदी बेलबारीबाट पुनः पक्राउ
खाँदबारी । जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले बेलबारीबाट पुन: पक्राउ गरेको छ ।
जिल्लाको चिचिला गाउँपालिका–५ घर भएका २९ वर्षीय टिकाराम विश्वकर्मा (अमित) केन्द्रीय कारागार कार्यालय काठमाडौँमा २०७५ साल पुस २७ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
फरार विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाले खोजतलास तीव्र पारेको थियो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब १ बजे मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजबंशीले बताउनुभयो ।
पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबा जिल्ला कारागार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अपराध, #जबरजस्ती करणी, #नेपाल प्रहरी, #पुन: पक्राउ, #फरार कैदी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्