Techie IT
सोमबार, पुस १४,२०८२

फरार कैदी बेलबारीबाट पुनः पक्राउ


खाँदबारी । जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले बेलबारीबाट पुन: पक्राउ गरेको छ ।
जिल्लाको चिचिला गाउँपालिका–५ घर भएका २९ वर्षीय टिकाराम विश्वकर्मा (अमित) केन्द्रीय कारागार कार्यालय काठमाडौँमा २०७५ साल पुस २७ गतेदेखि कैद भुक्तान गरिरहेका थिए । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
फरार विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाले खोजतलास तीव्र पारेको थियो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब १ बजे मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजबंशीले बताउनुभयो ।
पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबा जिल्ला कारागार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #अपराध, #जबरजस्ती करणी, #नेपाल प्रहरी, #पुन: पक्राउ, #फरार कैदी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्