Techie IT
बिहीबार, असार ५,२०८२

एमाले वाग्मती प्रदेश स्तरीय प्रचार कार्यशाला बिहीबारबाट भक्तपुरमा सुरु


काठमाडौं, २२ जेठ । नेकपा एमाले वाग्मती प्रदेश स्तरीय प्रचार कार्यशाला बिहीबारबाट भक्तपुरमा सुरु भएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा दुई दिने कार्यशाला सुरु भएको हो । पार्टीको प्रदेश प्रचार योजनालाई प्रभाकारी रूपमा अघि बढाउन दुई दिने कार्यशाला आयोजना गरिएको पार्टी प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । ‘वर्तमान अवस्थाको समीक्षा गरेर प्रचारको रणनीति बनाउन कार्यशाला आयोजना गरिएको हो’, कार्यक्रममा बोल्दै लामाले जानकारी दिनुभयो ।
अहिले पार्टी र पार्टी नेतृत्व माथि चौतर्फी आक्रमण भएकोले त्यसलाई निस्तेज पार्ने योजना बनाएर अघि बढ्न कार्यशाला सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीका तलका तहसम्म प्रचारका योजना बनाएर अघि बढिले उहाँले सुनाउनुभयो । ‘पार्टीका प्रचारका विभिन्न प्लेटफर्महरू बनाएर प्रचारलाई प्रभाकारी बनाउने योजना कार्यशालाले बनाउने छ’, उहाँले भन्नुभयो ।

पार्टी प्रदेश प्रचार विभाग प्रमुख भक्तकुमारी लामा र केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेका कार्यशालामा नेकपा एमालेका नेताहरू, प्रदेश कमिटीका नेताहरू, प्रदेश प्रचार तथा प्रकाशन विभागका पदाधिकारी तथा सदस्य, वाग्मती प्रदेश भित्रका जिल्ला प्रचार विभागका प्रमुख एवं सचिवहरू, प्रेस चौतारी नेपालको वाग्मती प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष तथा सचिवहरू लगायतको सहभागिता रहेको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ ।

 

भक्तपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा। राजन भट्टराईले एमालेसँग समृद्धिको बाटोमा अघि बढ्ने स्पष्ट दृष्टिकोण भएको बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै भट्टराईले एमाले जत्तिको स्पष्ट विचार र दृष्टिकोण नेपालका कुनै पनि राजनीतिक दलसँग नरहेको बताउनुभयो । पार्टीको बिचार र दृष्टिकोण जस्तोको तस्तै जनताको बिचमा लैजानु नेता, कार्यकर्ताको दायित्व भएको उहाँले बताउनुभयो । ‘नीति, कार्यक्रम, कार्ययोजनाको हिसाबले एमालेसँग जत्तिको सुस्पष्ट दृष्टिकोण अरू राजनीतिक दलसँग छैन’, उहाँले भन्नुभयो ।

एमाले विरुद्ध झुटा आरोप लगाएर नेतृत्व माथि आक्रमण भइरहेको भट्टराईले बताउनुभयो । यो आक्रमण किन भइरहेको छ भन्ने कुरा जस्ताको तस्तै बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘समस्या कहाँ हो, समाधान त्यहीबाटै खोजिनु पर्छ, सबैभन्दा पहिलो समस्या पार्टी भित्रै छ, समाधान पनि पार्टी भित्रै खोजिनु पर्छ, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टी पंक्ति जिम्मेवार भएर लाग्नु पर्छ’, भट्टराईले भन्नुभयो ।

एमाले राष्ट्रियताको पक्षमा प्रतिबद्ध पार्टी भएकाले प्रतिक्रियावादीको आक्रमणको निशाना बनेको बताउनुभयो । देश भक्तिका झण्डा बोकेको पार्टी र त्यसको नेतृत्व माथि आक्रमण हुँदा मौन बस्न नहुने उनको धारणा छ ।
एमालेले सरकारको नेतृत्व गरिरहँदा मुलुकलाई घाटा हुने काम कहिल्यै पनि कुनै पनि नाममा नगरेको उहाँले दाबी गर्नुभयो ।

एमालेले गरेका राम्रा कामको प्रचार नगर्ने प्रवृत्ति एमाले पंक्ति भित्र रहेसम्म हामीले केही गर्न नसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रियावादीहरू एमाले विरुद्ध सामाजिक सञ्जालमा सलबलाइरहेकाले उनीहरूलाई सामाजिक सञ्जालबाट नै प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका राम्रा कामको फेहरिस्त सार्वजनिक गर्न समेत हात कमाउनेहरूबाट पार्टीको काम हुन नसक्ने भट्टराईको धारणा छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले वाग्मती प्रदेश स्तरीय प्रचार कार्यशाला बिहीबारबाट भक्तपुरमा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545