राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
पोखरा — राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमालेनिकट) को पदाधिकारी चयनमा क्षितिज थेबे नेतृत्वको प्यानलले एक जना बाहेक सबै पदमा जित हात पारेको छ। संघको निर्वाचनमा अध्यक्षमा क्षितिज थेबेले ७९६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याएका छन्।
थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ (८९५ मत) र विनय शाह (७७३ मत) विजयी भए। यसमध्ये गुरुङले सम्पूर्ण पदाधिकारीमा सबैभन्दा बढी मत ल्याए। सुमन पुरी प्यानलबाट उपाध्यक्षका उम्मेदवार पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत प्राप्त गर्दै पराजित भए।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत र उपमहासचिवमा उपेन्द्र शाहीले ८१५ मत ल्याएर निर्वाचित भए। पुरी प्यानलका महासचिव उम्मेदवार कुबेर अधिकारीले ६४९ र उपमहासचिव उम्मेदवार खेमराज शर्माले ५८९ मत ल्याए।
खुला सचिव पदमा दुई जना निर्वाचित भए — मदन भण्डारी (७९४ मत) र अरुण बहादुर कुँवर (६४८ मत)। अरुण कुँवर पुरी प्यानलबाट निर्वाचित हुने एक मात्र पदाधिकारी बने। अन्य प्रतिस्पर्धी देव बस्नेतले ४८१, ध्रुव खड्काले ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याएर पराजित भए।
क्षेत्रीय प्रतिनिधित्वका सचिव पदमा पनि थेबे प्यानलको वर्चस्व कायम रह्यो। सचिव (मधेशी) पदमा मोबिल अख्तर आलमले ७४३ मत ल्याएर विजयी भए भने चितरञ्जन यादवले ४८० मत ल्याए। सचिव (महिला) पदमा निशा लिम्बू सुब्बा ६४६ मतसहित विजयी भइन्। निकटतम प्रतिस्पर्धी रेशु तामाङले ६१४ मत ल्याएकी थिइन्।
महिला सचिव पदमा निशा लिम्बु र रेशु तामाङबीच ३२ मतको झिनो अन्तर रहेको थियो, जुन यस निर्वाचनमा सबैभन्दा कम मतान्तर भएको पद हो।
यसरी, कुल पदाधिकारीमध्ये एक जना बाहेक सबैमा थेबे प्यानल विजयी हुँदै राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा बलियो पकड जमाउन सफल भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्