बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला

मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालन गरेको बुढिगंगा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरंग ९ओपिडी० सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सूचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ ।
अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सूचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । बुढीगंगा अस्पतालको ओपिडी सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्ने छ । अस्पतालका व्यवस्थापक डा। सुरज थापाले भन्नुभयो, ूदैनिक १२ घण्टा ओपिडी सेवा दिने र वर्षको ३६५ दिन नै ओपिडी खुला रहने यो नेपालकै दोस्रो अस्पताल हो भन्ने मेरो दाबी छ, कुनै पनि दिन यस अस्पतालबाट जो कसैले ओपिडी सेवा लिन सक्नुहुन्छ । हामीले अस्पताललाई नमूना बनाउँदै धेरैभन्दा धेरै सेवाग्राहीलाई सहज र सुलभ उपचार सेवा दिनेतर्फ ध्यान दिएर काम गरिरहेका छौं ।ू
सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत डा। थापा चार महिनाअघि मात्र बुढीगंगा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मकरुपमा सञ्चालन भइरहेको अस्पताललाई अझ प्रभावकारी र स्थानीयको विश्वास जित्ने ढंगबाट काम गर्ने प्रयत्न आफूले गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले १० शैय्याको अस्पतालको रुपमा स्वीकृति दिएको भएपनि त्यसको क्षमता बढाउनेतर्फ काम भइरहेको थापाले जानकारी दिनुभयो । स्वीकृत शैय्या अनुसार अस्पतालमा सरकारले जनशक्ति आपूर्ति नगर्दा वार्षिक ठूलो धनराशी जनशक्ति व्यवस्थापनमा भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ू१० शैय्याको अस्पतालमा सरकारले २२ जना स्वास्थ्यकर्मीहरु उपलब्ध गराउनु पर्ने हो, त्यति दरबन्दी कायम पनि छ तर सरकारले जम्मा ९ जना जनशक्ति मात्र पठाएका कारण अस्पताल सञ्चालन गर्न अधिक व्ययभार परेको छ ।ू
बुढीगंगा पालिका अस्पतालमा करार तथा ज्यालादारीमा राखिएका करिब २२ जना स्वास्थ्यकर्मीहरु छन् भने १५ जनाभन्दा बढी विभिन्न तहका कर्मचारीहरु कार्यरत छन् । सबै कर्मचारीहरुलाई अस्पताल विकास समितिमार्फत सेवा सुविधा उपलब्ध गराउने गरेको डा। थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ूपालिका अस्पताल भनिए पनि गाउँपालिकाले कर्मचारीहरुको पारिश्रमिकका लागि कुनै रकम उपलब्ध गराउँदैन, हामी आफ्नै स्रोतबाट कर्मचारी व्यवस्थापन गरिरहेका छौं र अस्पताल सञ्चालनका लागि आवश्यक सबै स्रोतसाधनहरु जुटाइरहेका छौं ।ू
अस्पतालमा अहिले अस्पतालको तर्फबाट ६ जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल अधिकृत कार्यरत छन् । रेडियोलोजिष्ट र स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सक गरी दुई जना बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले सौजन्यस्वरुप उपलब्ध गराएको छ । सौजन्यस्वरुप उपलब्ध भएका चिकित्सकहरुले बिदाका दिनमा बाहेक सबै दिन नियमित सेवा उपलब्ध गराउने गरेको डा। थापाले जानकारी दिनुभयो । नाक, कान घाँटी, फिजियो थेरापी र आँखा उपचार सेवा पनि यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पतालले २४ घण्टे आकस्मिक सेवा पनि प्रदान गर्दै आएको छ ।
दैनिक न्यूनतम १५० देखि अधिकतम ४०० जनासम्म बिरामीले सेला लिँदै आएको अस्पतालमा व्यवस्थित प्रयोगशाला ९ल्याब० सेवा, फार्मेसी सेवा र अन्य माइनर प्रोसिड्युरहरु सबै सञ्चालनमा रहेको र छिट्टै साझा सुलभ फार्मेसी सेवा सञ्चालन गर्ने तयारी भइरहेको डा। थापाले बताउनुभयो । साझा सुलभ फार्मेसीबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने र बिमा वापत प्राप्त हुने औषधिबाहेक अन्य औषधिहरु न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुटमा बिरामीहरुलाई उपलब्ध गराउने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले गत आर्थिक वर्षमा ४ करोड ५० लाख रुपियाँ आम्दानी गरेको थियो । जसमा आपिडी पूर्जा जारी गरेबापत मात्र ३६ लाख रुपैयाँ आम्दानी भएको डा। थापाले जानकारी दिनुभयो । त्यसमध्ये कर्मचारीको सेवा सुविधाका लागि करिब २ करोड खर्च भएको र बाँकी अस्पतालका अन्य आवश्यक यन्त्र, उपकरण तथा मसलन्दहरुमा खर्च भएपनि अस्पताल नोक्सानीमा नरहेको डा। थापाले बताउनुभयो । उहाँले अडिटको काम जारी रहेकोले विस्तृत हिसाब केही समयपछि प्राप्त हुने जनाए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्