माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० ले उपलब्ध पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि अनौपचारिक बैठक बोलाइएको पार्टीका कोषाध्यक्ष समेत रहेका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।
उपाध्यक्ष पम्फा भुसालले पदाधिकारी बैठक बोलाएको आफूलाई जानकारी भए पनि के विषयमा केन्द्रित भन्ने बारेमा थाहा पाइ नसकेको बताइन् ।
यसअघि मंसिर २८ मा बसेको स्थायी समिति बैठकले पुस १८ देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिसकेको मुख्यसचिव ढकालले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्