झोर स्थीत टोखा -छहरे सडक ,जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ
छहरे–टोखा मार्ग बिग्रँदा आवागमन कठीन चीनको केरुङ, रसुवा, नुवाकोट हुँदै काठमाडौं जोड्ने छोटो दूरीको छहरे–टोखा मार्ग बिग्रँदा आवागमन कठीन बनेको छ ।
काठमाडौंतर्फकै बाटोको अवस्था सबैभन्दा बढी बिग्रिएको हो । नुवाकोट लागेपछि पनि सडकको अवस्थामा कुनै सुधार भएको छैन ।
ठेकेदार कम्पनीको चरम लापरबाहीले यात्रीले सास्ती खेप्नुपरेको सरोकारवालाहरुको भनाइ छ । हिलोमा गडेको गाडीलाई निकाल्न र ठेल्नु टोखा, झोरवासीको दैनिकी नै बनेको छ । रसुवा–केरुङलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मानिने यो बाटो हरेक वर्षामा यस्तै नियति व्यहोर्दछ ।

हिलाम्मे अनि ठूला–ठूला भ्वाङ परेको सडक मर्मत नगर्दा दर्जनौं गाडी फस्ने गरेका हुन् । गाडी फसेपछि अत्यासलाग्दो पर्खाइमात्र होइन, अब त यो बाटोमा गाडी चलाउन नै निकै जोखिम भएको चालक बताउँछन् । एम्बुलेन्स फस्दा गर्भवतीले गाडीमै शिशु जन्माउने, बिरामीले उपचार नपाएर मर्नुपर्ने र यात्री अलपत्र पर्नु यो बाटोमा सामान्य घटनाजस्तै भएको छ । यही बाटोले काठमाडौंलाई चीनको केरुङसम्म जोड्दछ । जुन हाल प्रयोगमा आएका वैकल्पिक मार्गमध्ये छोटो सडक हो ।
बाटोको यो हविगत हुनुमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाही रहेको स्थानीयको गुनासो छ । ठेकेदार कम्पनी र सडक विभागलाई पटक–पटक दबाब दिँदा पनि बाटो नबनेको स्थानीय बताउँछन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #छहरे–टोखा सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्