जिरोनासँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।
१२ औं मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो ।
४० औं मिनेटमा जिरोनाले फेरि अग्रता बनायो । उसका गुटरेजले गोल गरेका थिए । ८० औ मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३-१ ले अघि बढेको थियो ।
दोस्रो हफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३ २ मा ल्याएको थियो । अतिरिक्त ५ औं मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४-२ को शानदार जित निकाल्न सफल भयो ।
जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #जिरोनासँग बार्सिलोना पराजित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्