त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट २७ करोडमा निर्माण हुने
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ। राखेपले सिनामंगल कार्यालय भएको एमएसआईपीएल-एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो।
सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको ठेक्का पाएको हो। राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको छ।
फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) फ्लडलाइट जडानका लागि सरकारसँग माग गर्दै आएको थियो।
ठेक्का लागेसँगै अब कामले तीब्रता पाउने छ। निर्माण भएपछि मैदानमा रातिको खेल सञ्चालन गर्न सहज हुनुको साथै दर्शकलाई पनि सहज हुने छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्