मुद्रास्फीति लक्ष्यभन्दा माथि, महँगियो भान्सा

३० असोज, काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ ।
यस्तो समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत मात्र रहेको छ । खाद्य तथा पेय पदार्थ भित्र समेत मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको छ ।
चिनी र चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले मूल्य बढेको छ । घिउ तथा तेल उपसमूहको मूल्य भने १३.०८ प्रतिशतले गिरावट भएको तथ्यांकमा देखिएको छ ।
महँगीको मारमा सबैभन्दा धेरै हिमाल (११.३२ प्रतिशत), काठमाडौं उपत्यका (९.८३ प्रतिशत), पहाड ८.०९ प्रतिशत र तराईमा ७.०३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##लक्ष्यभन्दा माथि, #महँगियो भान्सा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्