नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं, २७ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ९बुधबार० नेकपा ९एमाले० को पार्टी मुख्यालयमा पुगेर थम्पसनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष नेम्वाङको हिजो मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा राखिने छ । उनको अन्तिम संस्कार भोलि (बिहीबार) राजकीय सम्मानसहित गरिने भएको छ ।
एमाले पार्टी मुख्यालय च्यासल पुगेर यसअघि शीर्ष नेता, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डिन आर थम्पसन, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्