नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो घर लगिने भएको छ ।
हिजो मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज दिउँसो १ बजे पछि घरमा लगिने भएको हो ।
आज बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्