Techie IT
मंगलबार, वैशाख २३,२०८२

खांदबारीमा खानेपानी ल्याउन श्रमदानबाट बिछ्याइयो १४ सय मिटर पाईप (तस्बिरहरु)


खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीकाे खानेपानी समस्या हल गर्न श्रमदानबाट १४ सय मिटर पाईप विच्छ्याईएकाे छ । खाँदबारी नगरपालिका ४ र ५ काे सिमा क्षेत्रमा रहेकाे महभिर खाेलाबाट पानी ल्याउन सनिबार पाईप विच्छ्याईएकाे हाे ।

खानेपानी उपभाेक्ता समिति, कर्मचारी र स्थानीय उपभाेक्ता गरि ३५ श्रमदाताहरुबाट उक्त पाईप विच्छ्याईएकाे हाे । मार्से (भ्याङखाेला) बाट ल्याईएकाे पानी फाेहाेर भई प्रयाेग याेग्य नभएपछि त्यहाँबाट आउने पानी बन्द गरि महभिरबाट पानी ल्याउन पाईप विच्छ्याईएकाे हाे । महभिरबाट यस अघिदेखि नै २ वटा पाईपबाट पानी आपूर्ती  हुँदै आएकाे छ । यस पटक थप ७५ र ६३ एमएमकाे पाईपबाट पानी ल्याउन लागिएकाे हाे । तीन बर्ष अघि मांसिमा खानेपानीकाे लागि खाँदबारी नगरपालिकाले ल्याई राखेकाे पाईप प्रयाेग गरि पानीकाे आपूर्ती गर्न लागिएकाे उपभाेक्ता समितिले जनाएकाे छ ।

तस्बिर : सुरेन शाक्य

भ्याङ्खाेलाबाट आउने फाेहाेर पानी बन्द गरी महभिरबाट सफा पानी ल्याउनकाे लागि खाँदबारी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले श्रमदानकाे आव्हान गरेकाे थियाे । उक्त आव्हान पछि उपभाेक्ताहरु स्वत:स्फुर्त श्रमदानमा खटिएका हुन् । श्रमदानमा खाँदबारी बजार क्षेत्रबाट खाँदबारी १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठ सहित खाँदबारी युथ क्लवका पदाधिकारीहरु, संखुवासभा उद्याेग बाणिज्य संघका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाहरुकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै जिल्लाका पत्रकार महासंघका पदाधिकारीहरुकाे समेत श्रमदानमा सहभागिता रहेकाे थियाे ।

 

तस्बिर : सुरेन शाक्य

श्रमदाताहरुले विच्छ्याएकाे पाईपबाट खाँदबारी ४ गैरीपांमामा रहेकाे ट्रिटमेन्ट प्लान्टसम्म पानी ल्याईनेछ । सनिबार विच्छ्याईएकाे पाईप २ दिन भित्र जडान भईसक्ने र लगत्तै महभिरकाे पानी जडान गरि उपभाेक्ताहरुसम्म पठाउने उपभाेक्ता समितिका अध्यक्ष दिब्य बरालले जानकारी दिनुभयाे ।

महभिरबाट तेश्राे पाईप मार्फत ल्याईएकाे पानी खाँदबारीकाे लागि पर्याप्त नभएकाेले अर्काे श्राेतबाट समेत पानी ल्याउने तयारी भईरहेकाे बरालले जानकारी दिनुभयाे । श्राेत सुनिश्चित भईसकेकाे र पानी ल्याउनकाे लागि ब्यावस्थापकीय तयारी भईरहेकाे पनि अध्यक्ष बरालले जानकारी दिनुभयाे ।

तस्बिर : सुरेन शाक्य
तस्बिर : सुरेन शाक्य
तस्बिर : सुरेन शाक्य
तस्बिर : सुरेन शाक्य

क्याटेगोरी : जीवनशैली, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545