सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय आक्रोशित, फोहोर विसर्जन गर्न रोक्ने चेतावनी

काठमाडौं । उपत्यकाको ल्याण्डफिल साइट रहेको धादिङको बन्चरेडाँडाका स्थानीयले आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग स्थानीयले पटक-पटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको गुनासो उनीहरुले गरेका छन् । गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।
काठमाडौंका सडकभरी फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बन्चरेडाँडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्