Techie IT
सोमबार, वैशाख २२,२०८२

ढाका म्याराथनमा सल्यानकी पुस्पा भण्डारीले स्वर्ण पदक


काठमाडौं। बङ्गलादेशको ढाकामा भएको वङ्गबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुस्पा भण्डारीले स्वर्ण जित्नुभएको छ ।

उहाँ ४२ दशमलव १९५ किलोमिटर निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल हुनुभएको हो । श्रीलङ्काकी खेलाडी दोस्रो तथा नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन हुनुभयो ।

पुस्पा वङ्गबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ की पनि स्वर्ण पदक विजेता हुनुहुन्छ भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #पुस्पा भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545