Techie IT
शनिबार, असार ७,२०८२

‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने भएकाे छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट ड्र कार्यक्रम शुक्रबार दिउँसो ३ बजे सुरु हुने भएकाे हाे । यसअघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय भएकाे थियो ।

तर पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक बिदा दिएका कारण एन्फाले खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो । ए डिभिजन लिग आगामी फागुन १९ गतेबाट सुरु हुने भएकाे छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा ए डिभजनका १४ टोली सहभागी हुने भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल फुटबल संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545