पर्यटन मन्त्रीद्वारा विमान दुर्घटनाबारे प्रतिनिधि सभालाई जानकारी

काठमाडौँ I संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पोखरा विमानस्थल नजिकै आइतबार बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको सभालाई जानकारी दिनुभयो ।
हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरूको पोखरा र काठमाडौँमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किरातीले सदनलाई जानकारी दिनुभयो ।
उहाँले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो ।
दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकाेमा आयोगले कार्य सञ्चालन गरिसकेको पनि मन्त्री किरातीले जानकारी दिनुभयो ।
विमान दुर्घटना हुन नदिन सरकारले सोही दिनदेखि आन्तरिक उडान भर्ने जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको भन्दै मन्त्री किरातीले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन प्राधिकरणलगायत निकायलाई निर्देशन दिइएको र हवाई सेवाको हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
सरकारले मृतकप्रति श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पर्यटन तथा नागरिक उडड्यनमन्त्री, #संस्कृति, #सुदन किराँती
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्