वर्तमान सत्ता गठबन्धनको आयु छैन्: प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न विचार बोकेका दलहरू मिलेर बनेको वर्तमान सत्ता गठबन्धनको आयु नरहेको टिप्पणी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नचाहने शक्तिहरू समेत सहभागी भएर सत्ताका लागि मात्र बनेको गठबन्धनको आयु नरहेको टिप्पण गरेका हुन् ।
प्रवक्ता महतले भने– ‘वर्तमान सत्ता गठबन्धनको आयु छैन । किनकी, यो सत्ता गठबन्धन नितान्त सत्ताका लागि मात्र बनेको छ । यहाँ विभिन्न विचारहरू एक ठाउँमा आएका छन् । यस्तो गठबन्धन स्वभाविक हुँदैन । त्यसैले लामो समय टिक्दैन । गठबन्धन आवद्ध दलहरूबीच नै विरोधाभास छ । त्यसैले, यो गठबन्धनको आयु छैन ।’
नेकपा माओवादी केन्द्रले धोका दिएका कारण कांग्रेस सत्ताबाहिर रहनु परेको भन्दै प्रवक्ता महतले अब एक्लै चुनाव जित्नसक्ने शक्तिको रुपमा कांग्रेसलाई स्थापित गर्नु अबको जिम्मेवार रहेको समेत बताएका छन् ।
प्रवक्ता महतले कांग्रेस अब लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध सशक्त प्रतिपक्षको भूमिकामा रहने समेत बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रकाशशरण महत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्